इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – कुवेतमा १९ महिनादेखि सम्पर्कविहीन भएकी रुपन्देहीकी भुमाकुमारी गैरे घर फर्किनुभएको छ । उहाँलाई कुवेतस्थित नेपाली दूतावास, लेबर कोर्ट लगायतले उद्धार गरेर नेपाल पठाएको परिवारले जनाएको छ ।
भुमाकुमारी कुमारी सम्पर्कविहीन भएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि उद्धार भएको भन्दै उहाँका छोराले धन्यवाद दिनुभएको छ । २०७३ असोजमा कुवेत पुगेर घरमा काम गर्छु भनेकी भुमाकुमारी त्यसपछि सम्पर्कविहीन हुनुभएको थियो ।
उहाँलाई काम थालेको केही समयपछि साहुले परिवारसँग सम्पर्क गर्न दिएको थिएन । भुमाकुमारीले आफ्नो ठेगाना सभा अल अहमद सि १ भनेको आधारमा दूतावासको पहलमा उहाँको उद्दार गरेर नेपाल फर्काइएको परिवारको भनाई छ ।