इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
युएई– विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् ।
बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन ।
साथमा पासपोर्ट नहुनेहरु दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ भने राहदानी हुनेहरु युएईले दिएको आउटपास लिएर नेपाल फर्किन सक्छन् । अवैधानिक रुपमा बसिरहेका नेपालीहरु युएईले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै धेरैजसो भिसा लगाएर बैधानिक बन्ने प्रयासमा देखिन्छन् ।
‘अब नयाँ पासपोर्ट बनाएर भिसा लगाई कानुन अनुसार यही काम गर्छुु’ युएईमा ४ वषदेखि अवैधानिक रुपमा बस्दै आएकी ताप्लेजुङकी अनिता तामाङले भन्नुभयो ।
तामाङले बैधानिक रुपमा भिसा लगाएर बस्न दूतावासमा राहदानीका लागि आवेदन दिनुभएको छ । त्यसरी आवेदन गर्न सकिने अवस्थाका बारेमा धेरै नेपालीले सोधपुछ गरिरहेको दूतावासको राहदानी फाँटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले जानकारी दिनुभयो ।
अहिलेसम्म यही प्रयोजनका लागि एक जनाले मात्रै आवेदन दिएपनि दोस्रो हप्ताबाट यो क्रम बढ्न सक्ने पोखरेलको भनाई छ । आममाफी प्रकृयामा धेरै नेपाली रहेको पाइए कार्यालय समय बढाएर वा सार्वजनिक विदाको दिन समेत दूतावास खोलेर सेवा दिने तयारी दूतावावासको छ ।
तर पनि नेपाली दूतावासमा आएर वा टेलिफोन गरेर जानकारी माग्ने नेपालीको सख्या खासै नबढेको कार्यबहाक राजदूत सागरप्रसाद फुयालले बताउनुभयो ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।