इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घटेको छ । हवाई भाडा निर्धारणका लागि आह्वान गरिएको बोलपत्रमा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको कम भाडामा लाने प्रस्ताव स्वीकृत भएपछि भाडा घटेको हो ।
भाडा घटेको बारे जानकारी दिन विभागमा गरिएको पत्रकार सम्मेलनमा कोरिया जान आजबाट टिकट बुकिङ गर्ने कामदारले अहिलेको भन्दा १२ हजार ९ सय ८० रुपैयाँ कम पैसा तिर्दा पुग्ने जानकारी दिइएको हो ।
सन् २००८ देखि इपिएस प्रणाली मार्फत नेपाली कामदार कोरिया गइरहेका छन् । उनीहरुले हवाई भाडाका लागि २०७३ पुससम्म ५४१ डलर तिर्दै आएका थिए । २०७३ पुसदेखि ५२९.७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ तिर्दै आएका छन् । भाडा घटेपछि अब कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।
इपिएस प्रणाली मार्फत अहिले वर्षमा ८ हजार जना नेपाली कोरिया जाने गरेका छन् । भाडा घटेपछि भाडामा हुने खर्चबा १० करोड रुपैयाँ बचत हुने वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।