सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – मंगलबार रियाल, दिर्हाम, दिनार, मलेसियन रिंगिट लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगरबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७१ पैसा र बिक्रिदर २९ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ १५ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ४३ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।