इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – गएको वर्ष वैदेशिक रोजगार प्रवर्द्धनबोर्डबाट १२ सय ५५ जनाले छात्रवृत्ति पाएका छन् ।
छात्रवृत्ति पाउनेमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका र अंगभंग हुन पुगेका कामदारका छोराछोरी हुन ।
सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका र अंगभंग भएका कामदारका १२ कक्षासम्म पढ्ने छोराछोरीलाई छात्रवृत्ति दिने गरेको छ ।
एकदेखि आठ सम्मका विद्यार्थीलार्ई आठहजार र आठदेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीलाई १२ हजार रुपैयाँ छात्रवृत्ति दिने गरिएको बोर्डले जनाएको छ ।
आर्थिक वर्ष २०६७/०६८ देखि २०७४/०७५ सम्ममा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका ५ हजार ८३२ जनाको ज्यान गएको छ भने ७ सय ८७ जना कामदार अंगभंग र विभिन्न रोग लागेर फर्किएका छन् ।