सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले अाइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रिदर २९ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ र बिक्रिदर १० रुपैयाँ ०६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ०९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७१ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।