अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारको पहिलो अधिवेशन सम्पन्न

 भदौ १७, २०७५ आइतबार ९:१५:३६ | उज्यालो सहकर्मी

कतार - अन्तर्रास्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले संगठनको प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्रास्ट्रिय नेपाली समाज कतारले शुक्रबार दोहामा पहिलो अधिवेशन गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा देव परियार तथा उपाध्यक्षहरुमा अनिल परियार, मनोज दाहाल, मिनबहादुर चलाउने र अब्दुल करिम मिया निर्वाचित हुनु भएको छ । यसैगरी प्रवक्तामा सन्तोष तिमिल्सेना,महासचिवमा मानबहादुर डाँगी तथा सचिवहरु नब लामिछाने र रामहरि खनाल निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा रामजी सुवेदी र सहकोषाध्यक्षमा राजु नेपाली चयन हुनुभएको छ ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य एवं प्रवास बिभाग ईन्चार्ज देवेन्द्र पराजुलीको समेत उपस्थिति थियो।

तपाईको प्रतिक्रिया