भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
‘यो सब एकदमै चाँडो भयो’, विषाक्त रक्सी पिएका कारण मलेसियामा ज्यान गुमाएका आइते सिंह गोलेकी श्रीमती डोल्मो मायाले मलेसियाली अनलाइन द स्टारलाई बताएकी छिन् ।
आइतेको उपचारका क्रममा सुंगाई बुलोह अस्पतालमा मंगलबार ज्यान गएको हो ।
डोल्माका अनुसार आइतेलाई मंगलबार एक्कासि श्वासप्रश्वासमा समस्या देखिएको थियो । ‘मेरो श्रीमान कामबाट हिजो राति घर आउनुभयो । उहाँले आफूले अलिकति पिएको बताउनुभएको थियो ।’
डोल्मा भन्नुहुन्छ, ‘हिजो राति उहाँ ठिकै हुनुहुन्थ्यो । बिहान म काममा जाने बेला पनि ठिकै हुनुहुन्थ्यो’, अस्पतालको शवगृहबाहिर भेटिनुभएकी डोल्माले भन्नुभयो ।
डोल्मालाई मंगलबार दिउँसो २ बजेतिर आइतेले श्वासप्रश्वासमा गाह्रो भएको भन्दै फोन गर्नुभएको थियो । ‘म हतारहतार घर आएँ र उहाँलाई अस्पताल लगेँ’, उहाँले भन्नुभयो । ‘सबै एकदमै चाँडो भयो । हामी १५ मिनेटमै अस्पताल पुगेका थियौँ । अस्पताल लैजानेबित्तिकै उहाँ नरहेको जानकारी मलाई दिइयो ।’
आठ वर्षदेखि सुंगाई बुलोहको एउटा प्लाष्टिक फ्याक्ट्रीमा काम गरिरहेका आइतेका ३ जना छोराछोरी रहेका छन् ।
सेलांगोर प्रहरीका अनुसार विषाक्त रक्सी पिएका कारण १५ जनाको ज्यान गएको छ । त्यसमध्ये चार जना नेपाली रहेका छन् । बिरामी परेका १५ जना अन्य नेपाली कामदारको उपचार भैरहेको छ ।