इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउने तयारी भइरहेको छ ।
पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।
मलेसियाको समय अनुसार सोमबार बेलुकी पाँच बजेदेखि बुधबार बिहान ९ बजेसम्म ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । १६ जना नेपाली बिरामी भएका छन् ।
ज्यान गुमाउनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका दूतावासले जनाएको छ ।
laxmi
Sept. 19, 2018, 2:02 p.m.मध्यपान रोकथाम गर्न परदेशमा परिवारको मुख्य भुमिका हुनुपर्छ ।