इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – शुक्रबारको तुलनामा आइतबार रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य कमजोर भएको छ । कोरियन वनको मूल्य भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३२ र बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३ सय ७ रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।