इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ ।
जापान, हङ्कङ, संयुक्त अधिराज्य लगायत देशमा बस्ने नेपालीका छोराछोरीले त्यही देशमा जान डिएनए परिक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ ।
कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु कागजले नमानेर डिएनए परीक्षणकै प्रतिवेदन माग्ने गरेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताउनुभयो ।
कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै डिएनए परीक्षण गर्ने प्रयोगशालाले जनाएको छ ।
कतिपय आफ्ना सन्तानसँग शंका लागेकै भरमा डिएनए परीक्षण गर्न आइपुग्छन्, उनीहरुले पनि विदेश जानका लागि चाहिएको छ भन्दै झुट बोल्ने गरेको निर्देशक रिजालले बताउनुभयो ।
व्यक्तिगत रुपमा आएकाहरुको डिएनए परीक्षण भने नगर्ने पनि उहाँले बताउनुभयो । यसअघि मानव डिएनए मात्रै परीक्षण हुँदै आएकामा प्रयोगशालाले गएको वर्षदेखि वन्यजन्तुको समेत परीक्षण गर्न शुरु गरेको छ ।