दिनार, रियाल र दिर्हामको भाउ बढ्यो

 कात्तिक १५, २०७५ बिहीबार १०:३३:२ | उज्यालो सहकर्मी

काठमाडौं – बिहीबार रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ र बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३६ र बिक्रिदर १० रुपैयाँ ४१ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ४२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ०७ पैसा र बिक्रिदर ३ सय १४ रुपैयाँ ६६ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया