परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको ललितपुरमा समापन हुन लागेको हो । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा हिजोदेखि श्रमाधान रोजगार मेला भइरहेको छ ।
मेलामा विभिन्न ८० स्टल रहेका छन् ।
सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेला सम्पन्न भइसकेको छ ।
कोशीको विराटनगरमा गएको जेठ १७ र १८ मा, मधेशको जनकपुरमा जेठ १९ र २० मा, गण्डकीको पोखरामा जेठ २१ र २२ मा, लुम्बिनीको बुटवलमा जेठ २३ र २४ मा, कर्णालीको सुर्खेतमा जेठ २५ र २६ मा तथा सुदूरपश्चिमको धनगढीमा जेठ २७ र २८ मा मेला भएको हो ।
मेला अन्तर्गत अहिलेसम्म १० हजारभन्दा धेरै युवाले रोजगारीका लागि आवेदन दिएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसमध्ये एक हजार युवालाई रोजगारी सुनिश्चित भएको र १६ सय भन्दा धेरैलाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि अन्तर्वार्तामा बोलाएको मन्त्रालयको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।