पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
मंसिर २७, २०८१ बिहिबार
काठमाडाैं - लोक गायक फणीन्द्र सुवेदीको लोकगीतको सङ्ग्रह पुर्खादेखि एल्बमकाे गीत सुनकाटी जन्तरै ठेट रोईला गीत हालै यूट्यूबमा सार्वजनिक भएको छ ।
शुभग संगीत प्रतिष्ठानको प्रस्तुति रहेको यो गीत प्रथम पटक २०३४ सालमा लोक गायक फणीन्द्र सुवेदी र वरिष्ठ गायिका तिर्थकुमारीको स्वरमा रेकर्ड भएको थियो ।
त्यसताका यो गीत निकै चर्चित थियो ।
चालिस वर्षपछि यो गीतलाई गायक फणीन्द्र सुवेदी र गायिका माण्डवी त्रिपाठीको स्वरमा पुनः रेकर्ड गरिएको छ ।
यस गीतका संकलक श्री दिपक विश्वकर्मा र श्रीमति मिला सुवेदी हुनुहुन्छ ।
६० वर्षीय सुवेदी भोजपुरको दिङलामा जन्मेर राजधानीमा बसोबास गर्दै गीतसंगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
उहाँले २०३४ सालमा रोइला गीत रेडियो नेपालमा रेकर्ड गराएपछि सुरु भएको गायन यात्रा बीचमा केही वर्षको लागि रोकिएकाे थियो ।
विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुमा काम गर्ने सिलसिलामा व्यस्तताका कारण उहाँले सांगीतिक यात्रालाई केही समय विश्राम दिनुपरेको थियो ।
अहिलेको नेपाली लोक गीतसंगीतमा मौलिकता हराइरहेकोमा गायक सुवेदी चिन्ता व्यक्त गर्नुहुन्छ ।
उहाँ भविष्यमा पुराना र आफूले मेचीदेखि महाकाली सम्म डुलेर संकलन गरेका मौलिक ठेट लोक गीतहरु मौलिक लोक बाजाहरुकाे प्रयोग गरेर रेकर्डिङ्ग गर्ने सोचमा हुनुहुन्छ ।
सुवेदीले रेडियो नेपाल मार्फत् मेचीदेखि महाकालीसम्म गाइने धेरै लोकगीतहरु श्रोता माझ प्रस्तुत गरिसक्नुभएको छ ।
शास्त्रीय सङ्गीतमा प्रभाकर शिक्षा उत्तीर्ण लोक गायक सुवेदीका मङ्सिर महिना, फुल्का खाँदैछु, पुर्खादेखि जस्ता धेरै लोक गीतहरु तथा भजनहरुको सङ्ग्रह (एल्बम) बजारमा आइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।