चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – सेती नदीमा निर्माणाधीन जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत रहेको छ । एशियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले निर्माणाधीन एक सय ४० मेगावाट जलविद्युत् आयोजनाको अनुगमनसमेत गरेको छ ।
एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको हो ।
तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगतिसहित समस्याका विषयमा टोलीलाई जानकारी गराउनुभएको थियो । सुख्खायामको विद्युत माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माणको काम आउँदो २०८३ असारभित्र सक्ने लक्ष्य छ ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ । मुख्य बाँध निर्माण छिटै शुरु गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति झन्डै ३६ प्रतिशत छ । प्याकेज–१ को निर्माण सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे.भी.ले गरिरहेको छ ।
आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट शुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ अर्थात् छिचोलेर कंक्रिट लाइननिङ भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।