नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आज राति देशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । विशेष गरेर लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो ।
यस्तै सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । तर देशैभर एकैपटक ठूलो झरी पर्ने सम्भावना भने एक दुई दिनको लागि छैन ।
पछिल्लो तीन घण्टामा मकवानपुरगढी, भक्तपुरको नगरकोट, चितवनको देवघाट, दोलखाको जिरी, पूर्वी नवलपरासीको डण्डा, दैलेख, कास्की, म्याग्दी, प्यूठान लगायतका जिल्लामा ठूलो पानी परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।