परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय १३ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ ।
नेप्से आज झन्डै २९ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल फागुन ११ गते शेयर बजार २७ सय विन्दुमाथि पुगेको थियो ।
आज बैंकिङ समूहको शेयर झन्डै १० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । १९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेकोमा धेरैजसो वाणिज्य बैंकका रहेका छन् । समग्रमा बजार बढे पनि आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे नाै प्रतिशतले घटेको छ ।
आज चार करोड तीन लाख कित्ता शेयर १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख र एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज शेयर बजारमा दुई पटक 'सर्किट ब्रेक' लागेर कारोबार बन्द भएको थियो । बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेटमै थप एक प्रतिशत विन्दु अर्थात् पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
अस्ति शुक्रवार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा लिन पाउने कर्जाको २० करोड रुपैयाँको सीमा हटाएको छ जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।