परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो ।
उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी भएको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो ।
शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो ।
उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो फर्कनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।