श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै भारत 'काभा महिला भलिबल' काे फाइनलमा

 साउन २२, २०८१ मंगलबार १६:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – श्रीलङ्कालाई हराउँदै भारत काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२३ ले जित्यो ।

यस्तै आजै दोस्रो सेमिफाइनलमा अहिले बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्दैछन् । नेपाल लिगको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका हुन् । यो खेलको विजेताले उपाधिका लागि भोलि भारतसँग खेल्नेछ ।

पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया