एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको भारतले धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरेको हो ।
मिश्रीले औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विभिन्न मन्त्री एवम् सचिवहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
भारतीय विदेश सचिवको भ्रमणका क्रममा नेपाल–भारत 'एयर कनेक्टिभिटी' बढाउन नेपाललाई थप हवाई रुटको उपलब्ध गराउन माग गरिएको छ । साथै परराष्ट्र मन्त्री डा. आरजु राणाले पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा कुरा उठाउनुभएको छ । व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि द्विपक्षीय कुराकानी भएको छ । विदेश सचिव मिश्री गएराति स्वदेश फर्किनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।