प्रचण्ड नेतृत्वको सरकारले मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दियाे : लेखा समिति सभापति

 साउन २९, २०८१ मंगलबार १७:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले नेपाल विद्युत् प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको दाबी गर्नुभएको छ ।

संसद्को विशेष समयमा बोल्दै पोखरेलले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले व्यवसायीलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको बताउनुभएको हो । आफूले प्रमाणका आधारमा महसूल उठाउने कोशिश गर्दा भ्रष्टाचारीको आरोप लगाएर बेइज्जत गर्ने काम भएको पोखरेलको गुनासो छ । आफूमाथि व्यवसायीसँग भेटेको आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको उहाँले दुखेसो पोख्नुभएको छ ।

टङ्क र डेडिकेटेड लाइनको विषयमा यसअघिकै संसद्को लेखा समितिले निर्णय गरे पनि अहिले फेरि किन यही विषय उठाएको भन्दै आलोचना भइरहेको सन्दर्भ जोड्दै उहाँले सांसदहरूकै आग्रहमा यो विषय छलफलमा लगिएको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया