एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सङ्घीय संसद्को दुई वटा समितिको सभापति भोलि चयन हुने भएका छन् । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको चयनका लागि चुनावी कार्यक्रम सार्वजनिक गरेको छ ।
सभामुख देवराज घिमिरेले ती दुई समितिका सभापति चयनका लागि भोलि बिहीवारको मिति निर्धारण गर्नुभएको छ । त्यसैअनुसार चुनावी कार्यक्रम सार्वजनिक गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख छ ।
समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस भनेर अर्काे एक सदस्यको समर्थनसहित आज दिउँसो २ देखि ४ बजेसम्म नयाँ बानेश्वरमा रहेको संसद् भवनको महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्नु पर्नेछ ।
आजै दिउँसो साढे चार बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको क्रमअनुसार सूची प्रकाशित हुनेछ । भोलि बिहीवार दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थक गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सार्वजनिक चुनावी कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभाको चुनाव भएको झण्डै डेढ वर्षपछि संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति चयन हुन लागेको हो ।
संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको गठन नै भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।