नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
बङ्गलादेशको अन्तरिम सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूलाई देशमा प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने भएको छ । पछिल्लो समय शरणार्थीहरूले असुरक्षित रुपमा सीमा पार गर्ने क्रम बढेको भन्दै अब नयाँ शरणार्थीलाई आउन नदिन काम गरिरहेको बङ्गलादेशमा गठन भएको नयाँ अन्तरिम सरकारले जनाएको छ ।
झण्डै १० लाख रोहिङ्ग्याहरू बङ्गलादेशको ठूलो तर अव्यवस्थित राहत शिविरहरूमा बस्छन् । यसमध्ये धेरै रोहिङ्ग्याहरु संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दासमेत दर्ता भएको सन् २०१७ को जातीय हिंसापछिको सैन्य कारबाहीको क्रममा म्यान्मारबाट भागेका बङ्गलादेशका सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो समय सीमा नजिकै बढ्दो द्वन्द्वका कारण रोहिङ्ग्या बाहुल्य बस्तीका धेरै बासिन्दा विस्थापित भएका छन् । बङ्गलादेशका अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले केही हप्ताअघिदेखि अहिलेसम्म झण्डै आठ हजार रोहिङ्ग्या बङ्गलादेश प्रवेश गरेको जानकारी दिनुभएको छ । उहाँले देशको सङ्कटजन्य परिस्थितिमा अरुलाई आश्रय दिन आफ्नो क्षमताभन्दा बाहिरको कुरा भएकाले शरणर्थीको थप आगमन रोक्न प्रयास गरिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।