नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाएको बताउनुभएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा विशेष समय लिएर बोल्दै उपसभापति गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन भइरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि आरोप लगाएको जिकिर गर्नुभएको हो ।
गुरुङले आफूमाथि आशङ्का भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयो । उहाँले आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको भन्दै त्यसमा प्रतिबद्ध रहेको पनि जिकिर गर्नुभयो ।
धनराज गुरुङकी श्रीमती ज्याेति गुरुङले प्रबन्धकको पदमा रहँदा मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिना गरेको र त्यो पैसा धनराज गुरुङले समेत चलाएको आरोप लागेको छ ।
उहाँले भन्नुभयो, ‘म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । ममाथि लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सभामुख, गृहमन्त्री र सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु । सहकारी ठगीसम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटोभन्दा छिटो छानबिन गर्न माग गर्दछु । धनराज गुरुङ खुला किताब हो । जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।