एन्फा महिला लिग : पहिलो चरणको अन्तिम खेलमा आज पुलिस र सङ्कटा खेल्दै

 असोज १८, २०८१ शुक्रबार ९:२५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा पहिलो चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र सङ्कटा क्लब खेल्दैछन् ।

यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणवश आज हुन लागेको हो । यो खेल दिउँसो १ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुने एन्फाले जनाएको छ ।

लिगमा १० वटा टोली सहभागी भएकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष ५ मा रहँदै दोस्रो चरणमा पुगेका छन् । यस्तै बाग्मती युग क्लब, सङ्कटा क्लब, रौतहटको चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम बाहिरिएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया