एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख रुपैयाँ दिने भएको छ ।
एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ जना खेलाडीको पुरिएर ज्यान गएको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा हिजो बसेको आपतकालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप रकम दिने निर्णय गरेको हो ।
बैठकले दिवङ्गत खेलाडीहरुको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्दिने निर्णय पनि गरेको छ । घटनाबारे सत्यतथ्य विवरण सङ्कलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेस गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।