पाकिस्तानका अलराउन्डर तलातले कर्णाली याक्सबाट खेल्ने

 कात्तिक ५, २०८१ सोमबार ९:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएकाे छ । उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९४ रन बनाउँदै ४ विकेट लिएका छन् ।

हुसैन तलातलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले टाेली थप बलियाे बन्ने विश्वास लिएकाे बताएका छन् । कर्णाली याक्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टाेलीका अलराउन्डर सोमपाल कामी छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया