उसुको थाउलो विश्वकपमा नेपालका विजय सिंजालीले कांस्य पदक जिते

 कात्तिक ११, २०८१ आइतबार १२:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – उसुको थाउलो विश्वकपमा नेपाली खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन् । जापानको योकाहा शहरमा चलिरहेको उसुको तेस्रो थाउलो विश्वकपमा नेपालका विजयले ऐतिहासिक कांस्य पदक जितेका हुन् ।

आज बिहान सकिएको प्रतिस्पर्धामा उनले ९ दशमलव ६३६ अङ्क प्राप्त गर्दै कांस्य पदक जितेका हुन् । नौ जना खेलाडीबीच प्रतिस्पर्धा भएकोमा विजयले अमेरिका, मेक्सिको, बेलायतलगायत ६ वटा देशका खेलाडीलाई पछि पारे । यो प्रतिस्पर्धामा मलेसियाका वेन सन वोङले स्वर्ण पदक र जापानका मोटोयोशी अराकीले रजत पदक जितेका छन् ।

उसुको थाउलो विश्वकपमा नेपालबाट विजयसहित दीपक हमाल, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङ छन् । अहिलेसम्म विजयले मात्र पदक जितेका हुन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया