आज कोशी प्रदेशसहित पहाडी भागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

 कात्तिक १३, २०८१ मंगलबार ८:४९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरै ठाउँमा आजको मौसम सफा छ । तर पहाडी भागमा केही ठाउँमा मौसम आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत पहाडी भागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जिब अधिकारीका अनुसार ठूलो पानी पर्ने सम्भावना छैन । अबको तीन दिन र तिहारको मुख्य दिन भाइटीकासम्म मौसम यस्तै रहने पूर्वानुमान छ ।

भाइटीकाको दिन कतै कतै पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी पूर्वी भागमा छिट्पुट पानी पर्न सक्ने अनुमान छ । तर यसबारेमा मौसम विभागले आधिकारीक बुलेटिन निकालेर जानकारी गराउने जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया