तिहारका मुख्य दिनमा पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाकाे सम्भावना

 कात्तिक १४, २०८१ बुधबार १३:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – तिहारका मुख्य दिनमा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तिहार विशेष मौसम बुलेटिन निकालेर तिहारको मुख्य दिन भोलिदेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाकारी गराएको हो । उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया