क्यानडाका विद्यालयबाट हराएका डेढ लाख बालबालिकाबारे अध्ययन गर्न स्वतन्त्र आयोग गठन गर्न सिफारिश

 कात्तिक १४, २०८१ बुधबार १८:२४:२१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको ज्यान गएकाे र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।

सन् २०२१ मा सयौं चिहानस्थल फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको प्रतिवेदनले आदिवासी बालबालिकाको ज्यान गएकाे र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

सन् १८३१ देखि १९९६ को बीचमा झन्डै एक लाख ५० हजार आदीवासी बालबालिकालाई विद्यालयमा पठाएकोमा तीमध्ये धेरैजसो घर फर्किएका थिएनन् । प्रतिवेदनले सरकार र चर्चले विद्यालयमा बालबालिकाको मृत्युको योजना बनाएको निष्कर्ष निकालेको छ ।

अनुसन्धानका विशेष वार्ताकार किम्बर्ली मुर्रेले क्यानाडालाई यस घटनाको अपराधीको संज्ञा दिँदै यस्तो आयोगलाई समर्थन गर्ने देशको दायित्व रहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया