परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
अमेरिकामा राष्ट्रपति पदका लागि मतदान शुरू भएको छ । भर्मन्ट राज्यबाट शुरू भएको मतदान क्रमशः अरू राज्यमा पनि शुरू भएको र शान्तिपूर्ण रूपमा चलिरहेको बीबीसीले जनाएको छ । मतदान नेपाली समयअनुसार भोली बिहान झन्डै ६ बजेसम्म चल्नेछ ।
चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भइरहेको छ ।
अमेरिकामा २३ करोड १० लाख व्यक्ति मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेको तथ्याङ्क छ । चुनावको मुख्य दिनअघि नै आठ करोड १३ लाखभन्दा धेरै मतदाताले अग्रिम मत खसालिसकेका छन् । धेरैजसो राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ । सन् २०२० मा १० करोड १० लाख अग्रिम मतदान भएको थियो ।
अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित छ । पाँच सय ३८ इलेक्टोरल कलेजमध्ये दुई सय ७० मत ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । सर्वेक्षणहरूले ट्रम्पभन्दा ह्यारिस केही अघि रहेको देखाएको छ । तर याे चुनाव इतिहासकै कडा प्रतिस्पर्धा रहेको बीबीसीले आफ्नो लेखमा उल्लेख गरेको छ ।
अमेरिकामा हुने सत्ता परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्छ । यो चुनावमा ह्यारिस विजयी भएमा दुई सय ४८ वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपतिको इतिहास निर्माण हुनेछ ।
यस्तै आज हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै चार सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् । अमेरिकामा सामान्यतयाः विजेता प्रायः चुनाव सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताले थाहा पाउने गरेका छन् । तर केही विशेष परिस्थितिमा चुनावको परिणाम आउन समय लाग्न सक्ने हुन्छ ।
नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ काे जनवरी २० तारिखमा अमेरिकाको संसद् 'यूएस क्यापिटल' को परिसरमा आयोजना गरिने विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।