च्याम्पियन्स लिगमा लिभरपुल, पीएसभी र सेल्टिक विजयी

 कात्तिक २१, २०८१ बुधबार ६:४४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लेभरकुसेनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले लेभरकुसेनलाई ४–० गोलले हराएको हो । अर्को खेलमा पीएसभी आयनहोभनले गिरोनालाई पनि ४–० ले नै हराएको छ । यस्तै सेल्टिक एफसीले आरबी लाइपजिगलाई ३–१ ले हराएको छ ।

गएराति भएका अरु खेलमा डिनामो जग्रेबले स्लोभान ब्राटिस्लालाई हराउँदा बोरुसिया डर्टमन्डले एसके स्टर्म ग्राजलाई हराएको छ । यस्तै रियल मड्रिड एसी मिलानसँग पराजित हुँदा लिले ओलम्पिक स्पोर्टिङ क्लब र  युभेन्ट्सले बराबरी खेलेका छन् ।

गएरातिको अर्को खेलमा स्पोर्टिङ सीपीले  म्यानचेस्टर सिटीलाई हराएको भने  एएस मोनाकोले  बोलोग्ना एफसीलाई  पराजित गरेको छ । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया