नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–टु का दुई वटा शृङ्खला खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली झन्डै दुई महिनाको क्यानडा र अमेरिका भ्रमणपछि आज स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
लिग–टु अन्तर्गत क्यानडामा भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान रहेका थिए । यो शृङ्खलामा नेपालले तीन वटा खेलमा हार्दा एउटा खेल रद्द भएको थियो ।
क्यानडा भ्रमण सकेर नेपाली टोली अमेरिका गएको थियो । लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्ड रहेका थिए । यो शृङ्खलामा नेपालले दुई वटा खेल हार्दा एउटा खेल जितेको थियो भने एउटा खेल रद्द भएको थियो । लिग–२ को दुई वटा शृङ्खलाको आठ वटा खेलमा नेपालले जम्मा चार अङ्क जोड्न सक्यो ।
लिग–२ शृङ्खलाकै बीच क्यानडामा भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल दोस्रो भएको थियो । यस्तै नेपालले अमेरिकासँगको तीन वटा खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला 'क्लिन स्वीप' गरेको थियो ।
लिग–२ मा अहिलेसम्म १२ खेल खेलेकाे नेपाल ६ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ । १२ खेलमा १६ अङ्क जाेडेकाे अमेरिका शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।