उत्तर कोरियाले हिजो र आज जीपीएस जाम गर्ने आक्रमण गरेको दक्षिण कोरियाको आरोप

 कात्तिक २४, २०८१ शनिबार १७:५४:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – उत्तर कोरियाले हिजो र आज जीपीएस जाम गर्ने आक्रमण गरेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाको जीपीएस जाम गर्ने आक्रमणका कारण धेरै पानी जहाज र दर्जनौं विमानलाई असर पुगेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तरले आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको एक हप्तापछि दक्षिण कोरियाको जीपीएसमाथि आक्रमण भएको खबर आएको हो । हिजो दक्षिण कोरियाले पनि समुद्रमा आफ्नो ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । लगत्तै उत्तर कोरियाले हिजो र आज हेइजु र केसोङमा जीपीएस जाम गर्ने उक्साहटहरू गरेको दक्षिण कोरियाली सेना प्रमुखले बताएका छन् ।

सेनाले पहेँलाे सागरमा सञ्चालित जहाज र विमानलाई यस्ता आक्रमणबाट सावधान रहन सुझाव दिएको छ । दक्षिण कोरियाले उत्तर कोरियालाई जीपीएस जाम गर्ने आक्रमण गरेर नउस्काउन चेतावनी दिँदै यसबाट उत्पन्न हुने जुनसुकै घटनाको लागि जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ ।

दुई कोरियाबीचको सम्बन्ध वर्षौंदेखि नाजुक अवस्थामा छ । जीपीएस जाम गर्ने आक्रमणले गम्भीर घटनाहरूको जोखिम निम्त्याउँछ,सबैभन्दा खराब अवस्थामा विमान दुर्घटनाहरू पनि हुन सक्ने दक्षिण कोरियाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया