१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

 कात्तिक २७, २०८१ मंगलबार ६:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज  कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

यसअघि अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

नेपालले अन्तिम खेल भाेलि बुधवार यूएईसँग खेल्नेछ । यसअघि  नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।  

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया