नेपालको बिजुली बङ्गलादेशमा निर्यात शुरू

 कात्तिक ३०, २०८१ शुक्रबार १३:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले आजदेखि बङ्गलादेशमा बिजुली निर्यात शुरू गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बङ्गलादेशमा बिजुली निर्यातको औपचारिक शुरू गर्नुभएको हो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बङ्गलादेशमा निर्यात हुन थालेको हो । त्रिदेशीय सम्झौता अनुसार नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्नेछ । जस अनुसार यो याममा बिजुली निर्यात गर्ने अन्तिम दिन आज भएकोले आज एक दिनमात्रै निर्यात हुन्छ । अब आउँदो वर्षको जुन महिनादेखि नियमित निर्यात गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि नेपालले भारतमा मात्रै बिजुली निर्यात गर्दै आएकोमा अब तेस्रो देशमा पनि निर्यात शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ६ दशमलव ४ सेन्ट अमेरिकी डलर अर्थात् झन्डै आठ रुपैयाँ ६४ पैसाका दरले बङ्गलादेशलाई बिजुली निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बङ्गलादेशमा बिजुली निर्यात गर्दा प्रसारण लाइन बापत भारतीय पक्षलाई तिर्नुपर्ने शुल्क बङ्गलादेशी कम्पनीले तिर्ने छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया