परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्न तयार रहेको बताउनुभएको छ । पेरुमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को वार्षिक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्ने बताउनुभएको हो ।
भेटमा सी जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई पनि स्वीकार गर्नुभएको छ । सी जिनपिङ र जो बाइडेनले व्यापार र ताइवानमा तनाव कम गर्ने विषयमा पनि छलफल गर्नुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतीय चुनावमा विजयी डोनाल्ड ट्रम्पले दुई महिनापछि कार्यकाल शुरू गर्दै हुनुहुन्छ । कार्यकाल शुरू भएपछि चीन र अमेरिकाबीच तनाव बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ ।
ट्रम्पले चिनियाँ वस्तु आयातमा कर ६० प्रतिशतसम्म बढाउने बताउनुभएको छ । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।