परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २०८०–८१ को खुद नाफा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ पुगेको उल्लेख छ ।
राष्ट्र बैंकले विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन लगायतबाट नाफा तय गरेको हो ।
यसैबीच बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
गएको असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।