परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
अमेरिका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न युक्रेनलाई अनुमति दिनुभएको छ ।
दुई महिना मात्रै कार्यकाल बाँकी रहेको बाइडेनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।
लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो । बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए । तर युद्ध चर्किने सम्भावनालाई ख्याल गरेर प्रयोग अनुमति भने दिएको थिएन ।
यस्ता अस्त्र यस अघि युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै प्रयोग गर्दै आएको थियो । तर अहिले अनुमति दिनुलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।
युक्रेनलाई उपलब्ध गराइएको मध्ये सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र तीन सय किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ । अमेरिकासँगै फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् ।
आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देशको सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै नेटो पोस्टमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।