परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
जङ्गली डढेलो र पानीको अभावका कारण इक्वेडरले ६० दिने राष्ट्रिय आपत्काल घोषणा गरेको छ । दक्षिण अमेरिकी देश इक्वेडर लामो समयदेखि खडेरीको चपेटामा परेको छ ।
देशका जङ्गल आगोले सखाप पारेको छ, पानीको चरम अभाव छ, बालीनाली सुकेको छ । यो समस्याको असर केही कम गर्न ६० दिनको राष्ट्रिय आपत्काल घोषणा गरेको ऊर्जामन्त्री इनेस मन्जानोले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
देशका १७ वटा ठूला जङ्गलको आगो नियन्त्रणबाहिर रहेको छ । खडेरीले इक्वेडरलाई ऊर्जा सङ्कटमा पुर्याएको छ । खोला र नदीमा पानी सुक्दै गएपछि जलविद्युत् उत्पादनमा निकै कमी आएको छ ।
गएको सेप्टेम्बरदेखि इक्वेडरमा दैनिक आठ घण्टाका दरले लोडशेडिङ भइरहेको छ । खडेरीका कारण जलाशययुक्त आयोजनाको पानीसमेत सुकिसकेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।