सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, ५ दशमलव २६ प्रतिशत लाभांश पारित

 मंसिर ४, २०८१ मंगलबार १८:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सानिमा बैंक लिमिटेडले २०औं साधारणसभा सम्पन्न गरेकाे छ । काठमाण्डाैमा आज एक कार्यक्रमकाबीच बैंकले साधारणसभा सम्पन्न गरेकाे हाे ।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार अहिले चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ४० कराेड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ३३ अर्ब ८६ कराेड, कुल निक्षेप १ खर्ब ९९ अर्ब ३८ कराेड तथा खुद कर्जा सापटी १ खर्ब ६४ अर्ब ९४ कराेड रुपैयाँ रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११ दशमलव ४८, १० दशमलव ०६ र ८ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया