परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – जिल्ला अदालत काठमाण्डौले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
म्याद थपका लागि आज जिल्ला अदालतमा उपस्थित गराएकोमा पाँच दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको अपुष्ट प्रमाण सार्वजनिक गरेपछि प्रसाईं हिजाे पक्राउ परेका हुन् । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरमा रहेको निवासबाट पक्राउ गरेको थियो । उनकै निवासबाट पक्राउ परेका अरू २५ जनामध्ये १५ जनालाई प्रहरीले छाडेको छ । अरू नौ जनामाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रसाईंमाथि अनुसन्धान गर्न सीआईबीले साइबर ब्युरोमा पठाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।