परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
रामेछाप – गएका वर्षहरूभन्दा यस वर्ष रामेछापमा जुनार उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै जुनार बिक्रीबाट २२ करोड ६८ हजार रुपैयाँ आम्दानी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले अनुमान गरेको छ ।
यस वर्ष समयसयममा पानी परेको र जुनारका बोटमा समेत किरा नलागेका कारण गएको वर्ष भन्दा यस वर्ष जुनार उत्पादनमा वृद्धि भएको हो । यस वर्ष चार हजार पाँच सय ३६ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान छ ।
गएको वर्ष चार हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । रामेछापमा अहिले पाँच सय ४० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका सूचना अधिकारी विनिसा श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष रामेछापमा पाँच सय ४० हेक्टरमध्ये ६० प्रतिशत फल दिन बोट रहेको र किसानले प्रतिकिलो ५० रुपैयाँका दरले बगैँचाबाट नै बिक्री गर्दा पनि २२ करोड ६८ हजार रुपैयाँ बराबरको जुनार बिक्री हुन्छ ।
गएको वर्षको भन्दा जुनार उत्पादनमा धेरै राम्रो भएकाले किसानले यस वर्ष अमिलो जातका जुनारसँगै सुन्तला, कागती र भोगटे उत्पादनमा पनि वृद्धि भएको छ । रामेछापमा अहिले कृषि कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केही वर्षदेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गर्दै आएको छ ।
त्यस्तै निःशुल्क प्राविधिक सहयोग, सिँचाइ, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखि ७५ प्रतिशतसम्म सहयोग गर्दै आएको छ । रामेछापको विभिन्न गाउँमा किसानहरूले व्यावसायिक रूपमा जुनार खेती गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।