परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेकपा एमालेले आज काठमाण्डौमा आयोजना गरेको जागरण सभाको र्याली भद्रकालीबाट शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्याली शहिद गेट, सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने छ ।
कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ । र्यालीको नेतृत्व नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गर्नुभएको छ । र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता सहभागी भएका छन् । काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा जागरण सभाको आयोजना गरेका हुन् ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले यो जागरणसभा आयोजना गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ । दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन ।
ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वरमा गाडी नरोक्ने योजना बनाए पनि ती ठाउँमा बिहानैदेखि गाडीको चाप छ । गाडीको आवागमनमा प्रभाब पर्ने ठाउँमा वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।