परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काभ्रेपलाञ्चोक – काभ्रेको भुम्लु गाउँपालिकाले लालपुर्जाको समस्या रहेका वडा नम्बर ७ र ८ का बासिन्दासँग पुनः निवेदन मागेको छ । पाँच दशकदेखि आफ्नै जग्गाको लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधान गर्न गाउँपालिकाले पुनः निवेदन माग गरेको हो ।
केही वर्षअघि माग गर्दा गाउँपालिका कार्यालयमा नौ सय ८४ निवेदन परेका छन् । दुई वडामा झन्डै दुई हजार पाँच सय परिवार लालपुर्जाविहीन अवस्थामा रहेका विवरणका आधारमा छुट भएकासँग निवेदन मागेको गाउँपालिकाले जनाएको छ ।
भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गएको कात्तिक दोस्रो हप्ता स्थलगत अनुगमनपछि अघि बढेको प्रक्रियाले समस्या समाधान गर्ने बाटोमा गएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताउनुभयो ।
साविकको पिपलटार गाविस फुट्दा बनेका भुम्लुटार र फलाँटे गाविस दुवैले टार भन्ने ठाउँको खेतीयोग्य जमिनमा दाबी गरेपछि २०३२ सालमा नापी गर्न गएको टोली त्यत्तिकै फर्किएको थियो । २०३५ सालमा पुनः नापी टोली जाँदा दुई गाविसका बासिन्दाबीच झडप नै भएको थियो ।
त्यसपछि पटक पटक समाधानको प्रयास भए पनि समस्या उस्तै छ । आफ्नै जग्गाको लालपुर्जा नहुँदा झन्डै दुई हजार पाँच सय परिवारले जग्गासम्बन्धी कुनै नि कारोबार गर्न पाएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।