अर्घाखाँचीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गयो, एक जना...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – पाकिस्तानमा रहेको नेपाली दूतावासले साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीको जेलमा रहेका यादवको परिवारसँग पाकिस्तानी नागरिकका परिवारले ७० लाख रुपैयाँ ब्लडमनी मागेको खबर सार्वजनिक भएको थियो ।
ब्लडमनी मागिएको र चार दिन भित्रमा ब्लडमनी नपाए यादवको टाउको काटिने भनेर समाचार सार्वजनिक भएको भन्दै दूतावासले यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।
‘सुरूमा ७० लाख ब्लडमनी पाकिस्तानी परिवारले मांग गरेको र ब्लडमनी नपाए उमेश यादवको घाँटी ४ दिन भित्र काटिने जुन निराधार समाचार समप्रेशण भयो त्यसको मानसीक असर नेपालमा रहेको उमेशको परिवारलाई पर्यो । यसले पाकिस्तानी परिवारमा पनि गलतफहमी पैदा गर्याे’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘७० लाख ब्लड मनी र घांटी काट्ने जस्ता समाचार बजारमा १५ अप्रिल अथार्त उमेशलाई मृत्युदण्ड सुनाउनु भन्दा पहिला आएको थियो जबकि १५ अप्रिल भन्दा पहिला उमेशलाई कहिले पनि मृत्युदण्डको सजा भएकै छैन ।’
पाकिस्तानी परिवारले आफुहरूले सरोज रायसँग भेट हुनु अगाडी कहिले पनि ब्लडमनीको मांग नगरेको हुनाले यस्ता समाचार स्वाभिमानलाई चोट पुर्याएको भन्दै इस्लामावादमा रहेको नेपाल दुतावासलाई भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कारवाही गर्न माग गर्दै निवेदन दिएको पनि दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।