यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास बर्बरिकमाथि बनाइएको नाटकको प्रर्दशन सुरु भएको छ ।
झोराहाट नाटक घर विराटनगरका कलाकारहरुद्धारा राजधानीको बिजुलीबजारमा रहेकाे कुञ्ज थियटरमा बर्बरिक नाटक देखाइएको हो । यो नेकपाका नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’को नाट्य रुपान्तरण हो ।
नाटकमा उपन्यासमा जस्तै महाभारतका एक पात्र बर्बरिकसँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ । वि.सं. २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन तथा नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरु समेटिएको छ ।
नेकपाको चौथो महाधिवेशनपछिको राजनीतिक घटनाक्रमदेखि दासढुङ्गा दुर्घटनासम्मका विषयलाई नाटकमा देखाइएको छ । तत्कालीन राजा विरेन्द्रविरविक्रम शाहसँग जनताको सार्वभौमसत्ताको बारेमा नेता भण्डारीले गरेको वार्तालाप हेर्दै गर्दा भण्डारीको बारेमा सुन्दै र बुझ्दै आएका नयाँ पुस्ताहरुले त्यही समयमा पुगेको अनुभव गर्नेगरी नाटकमा जीवन्तता दिइएको छ ।
त्यसैगरी लौह पुरुष गणेशमानसिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाइएको छ । सुरक्षा खतराका बीच अस्पतालको शैयामा जारी आन्दोलन र राजाकोे गिर्दो आत्मविश्वासका बारेमा दुई नेताबीचको वार्तालापलाई कलाकारहरुले सचित्र उतार्न सकेको देखिन्छ ।
दासढुङ्गा दुर्घटनापछि उपन्यासमा जस्तै नाटकमा पनि लेखकले बर्बरिकको बारेमा आफूले लिएको चिन्ता कलाकारले भन्दै गर्दा जतिनै कठोर मनहरुलाई पनि पगाल्न सफल देखिन्छ ।
नाटक हेरेपछि लेखक एवं वामपन्थी नेता प्रदीप नेपालले कलाकारहरुले आफ्ना पात्रहरुप्रति ९९ प्रतिशत न्याय गरेको प्रतिक्रिया दिनुभयो ।
बर्बरिक नाटक आउँदाे माघ १२ गतेसम्म कुञ्ज थियटरमा प्रर्दर्शन हुनेछ । बर्बरिकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं हुनुहुन्छ भने निर्देशन जीवन बरालले गर्नुभएको छ ।
बर्बरिक महाभारतको एक शसक्त पात्र हो । यस नाटकमा पनि उपन्यास बर्बरिकमा जस्तै भीमको नाति बर्बरिकले आफ्नो क्षमता नदेखिइँदै मर्नु परेको कथालाई मदन भण्डारीको जीवनसँग जोडिएको छ । नाटक हेर्नका लागि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डित पनि कुञ्ज थियटर पुग्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।