नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
ब्राजिलियन स्टार खेलाडी नेइमार खुट्टाको चोटका कारण मंगलबारको अभ्यासमा पूरा समय सहभागी हुन सकेनन् ।
अभ्यासका क्रममा पूरानै चोट बल्झिएपछि नेइमारले फिजियोथेरापिस्टसँग उपचार लिइरहेको डेलीमेलले जनाएको छ । रुसको सोचीमा भएको अभ्यासमा साह्रै नै दुखाई महसूस भएपछि नेइमारले अभ्यास गर्न सकेनन् ।
‘उनले निकै नै दुखाइै महसुस गरेका छन् । यसमा स्विट्जरल्याण्डले गरेका धेरै फाउलको पनि हात रहेको छ’, ब्राजिलियन फुटबल संघका प्रवक्ताले पत्रकारहरुसँग भने ।
उनका अनुसार नेइमारले बुधबार सामान्य अभ्यास गर्नेछन् । ब्राजिलले विश्वकप २०१८ को पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो ।
उसले अब अर्को खेल शुक्रबार कोस्टारिकासँग खेल्नेछ ।
पीएसजीबाट खेल्दै गर्दा गएको फेब्रुअरीमा नेइमारको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भएका छैनन् ।
सन् २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा फ्र्याक्चर भएपछि सेमिफाइनल खेल गुमाएका थिए ।
त्यसबेला क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेइमारलाई चोट लागेको थियो ।
नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो । चालु विश्वकपमो पहिलो खेल नै ड्र खेलेको ब्राजिलले समूह चरणका बाँकी दुई खेलमा भने राम्रो गर्नु पर्नेछ ।
त्यसका लागि सबैको ध्यान नेइमारमा छ । आशा गरौँ नेइमारको चोट चाँडै निको होस् र उत्कृष्ट प्रदर्शन गर्न सकून् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।