परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
मलेसिया – मलेसियामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भउका भोजपुरका सबिन श्रेष्ठलाई उपचार गर्न खर्च अभाव भएको छ ।
सन २०१७ मा दुर्घटनामा परेर उपचार गराइरहेका भोजपुरको अरुण गाउँपालिकाको याकाका श्रेष्ठलाई टाउको शल्यक्रियाका लागि खर्च नपुगेको हो । उहाँको अहिलेसम्मको उपचारमा बीमा बापतको रकम र सहयोगमा उठेको रकमले गरिएपनि सबिनलाई अबको शल्यक्रियाका लागि खर्च नपुगेको हो ।
दुर्घटना भएको दुई वर्षसम्म बीमा बापतको रकम पाएपनि अब त्यो नपाउने र भीसाको म्याद पनि सक्किएपछि उहाँ अहिले अवैधानिक हुनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले नेपाल गएर पनि उपचार गर्न सम्भव नभएकाले सहयोग गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँको उपचारका लागि अझै २० हजार रिंगिट लाग्ने चिकित्सकहरुले बताएका छन् । मलेसियामै रहेका सबिनका दाजु गंगाबहादुर श्रेष्ठले सहयोग गर्न चाहनेलाई आरएचबी १५७११७०००२६५३४ मा रकम जम्मा गरिदिन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।